एमालेले अब पार्टीको बैठक बालुवाटारमा नराख्ने

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)ले पार्टीका बैठक बालुवाटारमा नराख्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै स्वास्थ्यले साथ दिएसम्म प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टीको बैठक नराख्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धेरैले पार्टी बैठक बालुवाटारमा नराख्न सुझाव दिएकाले यस्तो निर्णय गरिएको ओलीको भनाइ छ ।
‘सामाजिक सञ्जालमार्फत तपाईंहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु,’ सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन् ।
मनोहरा खोलामा बुधबार बिहान आएको बाढीले पार्टी कार्यालय डुबानमा परेकाले आजको बैठक अन्यत्र राखिएको पनि प्रधानमन्त्रीले जनाएका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बिहीबारका लागि सचिवालय बैठक आह्वान गरेका छन् ।
यसअघिका प्रधानमन्त्रीहरूले आफ्नो पार्टीका बैठक सरकारी निवास बालुवाटारमा गर्दै आइरहेका थिए । अघिल्लो कार्यकालमा स्वयं प्रधानमन्त्री ओलीले नै पार्टीका बैठक बालुवाटारमै राख्ने गरेका थिए । सरकारी निवासमा पार्टी गतिविधि सञ्चालन गर्न नहुने आलोचकको मत सुनुवाइ नहुने गरेकोमा यस पटक एमालेले पार्टी बैठक बालुवाटारमा नराख्ने भएको हो ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया