एमालेले अब पार्टीको बैठक बालुवाटारमा नराख्ने
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)ले पार्टीका बैठक बालुवाटारमा नराख्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै स्वास्थ्यले साथ दिएसम्म प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टीको बैठक नराख्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धेरैले पार्टी बैठक बालुवाटारमा नराख्न सुझाव दिएकाले यस्तो निर्णय गरिएको ओलीको भनाइ छ ।
‘सामाजिक सञ्जालमार्फत तपाईंहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु,’ सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन् ।
मनोहरा खोलामा बुधबार बिहान आएको बाढीले पार्टी कार्यालय डुबानमा परेकाले आजको बैठक अन्यत्र राखिएको पनि प्रधानमन्त्रीले जनाएका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बिहीबारका लागि सचिवालय बैठक आह्वान गरेका छन् ।
यसअघिका प्रधानमन्त्रीहरूले आफ्नो पार्टीका बैठक सरकारी निवास बालुवाटारमा गर्दै आइरहेका थिए । अघिल्लो कार्यकालमा स्वयं प्रधानमन्त्री ओलीले नै पार्टीका बैठक बालुवाटारमै राख्ने गरेका थिए । सरकारी निवासमा पार्टी गतिविधि सञ्चालन गर्न नहुने आलोचकको मत सुनुवाइ नहुने गरेकोमा यस पटक एमालेले पार्टी बैठक बालुवाटारमा नराख्ने भएको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया