बाघ गणनाका १८२ क्यामरा गायब
काठमाडौं । चौथो राष्ट्रिय बाघ गणनाका १ सय ८२ ट्रयापिङ क्यामरा हराएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता दिलबहादुर पुनका अनुसार चितवन–पर्सा क्षेत्रबाट सबैभन्दा बढी क्यामरा हराएका हुन् ।
उक्त क्षेत्रबाट १ सय २० वटा क्यामरा हराएका छन् । बाँके–बर्दियाबाट ४९ र शुक्ला लालझाडी–जोडबुढाबाट १३ वटा क्यामरा हराएको विभागले जनाएको छ ।
रुख वा खम्बामा बाँधेर छाडिने क्यामराले अगाडि केही पदचापको आभास हुँदा स्वचालित रूपमा फोटो खिच्छ ।
क्यामराले निश्चित अवधिमा खिचेका फोटाहरू हेरेर गणकले बाघका फरक आकारप्रकारका आधारमा गणना गर्छन् । बाघ गणनामा गणकको सुरक्षालाई ध्यानमा राखेर क्यामरा प्रयोग गरिन्छ । लापोन्मुख जन्तु बाघ कति बढे, घटे भन्ने तथ्यांक निकाल्न गत मंसिर १९ मा सुरु भएको चौथो राष्ट्रिय बाघ गणना फागुन २८ मा सकिएको थियो, कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया