यसरी छानिनेछन् गठबन्धनका साझा उम्मेदवार
काठमाडौं । सत्ता गठबन्धनका पाँच दलले ०७४ मा जितेका स्थान सम्बन्धित दलले नै राख्ने र एमालेले जितेका पदमा मतभारका आधारमा भागबण्डा गर्ने गरी तालमेलका आधार टुंगो लगाएका छन् ।
महानगर, उपमहानगरका प्रमुख–उपप्रमुखको सिट बाँडफाँटको निर्णय केन्द्रीय संयन्त्रबाट हुनेछ । नगरपालिकाको प्रमुख–उपप्रमुख र गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षको सिट बाँडफाँटको आवश्यक निर्णय गरी ३ वैशाखभित्र जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी ५ वैशाखभित्र केन्द्रमा पठाउने निर्णय पनि गठबन्धन दलले गरेका छन् ।
महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा सदस्यहरूको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले ३ वैशाखभित्र टुंग्याउनुपर्नेछ । प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई–दुई जना प्रतिनिधि रहने छन् । प्रत्येक तहको संयन्त्र निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ–आफ्नो आवश्यकताअनुसार प्रतिनिधि आमन्त्रण गर्ने, सबै तहको बैठकको संयोजन सम्बन्धित कांग्रेसका सभापतिले गर्नेछन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया