४३ अंकले बढ्यो नेप्से, कारोबार रकम २९ अर्ब ९५ करोड
काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.०५ अंकले बढेर तीन हजार ८१ विन्दुमा पुगेको छ ।
नेप्सेमा ३३४ स्टकको तीन लाख ११ हजार ५३६ पटक कारोबारमा ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर खरिदबिकी हुँदा २९ अर्ब ९५ करोड ८५ लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, मोदी इनर्जी लिमिटेडका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै नेपाल फाइनान्स लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
आज कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ९१ करोड ३३ लाख २२ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै सानिमा मे हाइड्रोपावर ८३ करोड २३ लाख ८५ हजार, अपि पावर ६५ करोड ९९ हजार, कुमारी बैंक ६१ करोड ७७ लाख र निफ्राको ६० करोड ३७ लाखको कारोबार भएको छ ।
बिहीबार १३ उपसमूहमध्ये पाँच उपसमूह घटेका छन् भने बाँकीमा हरियाली छाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया