NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

४३ अंकले बढ्यो नेप्से, कारोबार रकम २९ अर्ब ९५ करोड

काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.०५ अंकले बढेर तीन हजार ८१ विन्दुमा पुगेको छ ।

नेप्सेमा ३३४ स्टकको तीन लाख ११ हजार ५३६ पटक कारोबारमा ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर खरिदबिकी हुँदा २९ अर्ब ९५ करोड ८५ लाख रूपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, मोदी इनर्जी लिमिटेडका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै नेपाल फाइनान्स लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ९१ करोड ३३ लाख २२ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै सानिमा मे हाइड्रोपावर ८३ करोड २३ लाख ८५ हजार, अपि पावर ६५ करोड ९९ हजार, कुमारी बैंक ६१ करोड ७७ लाख र निफ्राको ६० करोड ३७ लाखको कारोबार भएको छ ।

बिहीबार १३ उपसमूहमध्ये पाँच उपसमूह घटेका छन् भने बाँकीमा हरियाली छाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष