लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता आचार्य नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
सङ्घमा सत्ता समीकरण फेरिएसँगै गत साउन ७ मा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सतासी प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्दछ । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेशसभा सदस्यको समर्थन रहेको बताइएको छ ।
ताजा अपडेट
-
विशेष अदालतको फैसलामाथि सर्वोच्च पुग्याे अख्तियार
-
हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु
-
बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश
-
संसद्मा सत्तापक्ष-प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ-आफ्नै दाबी
-
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
प्रतिक्रिया