NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ८ गते

बीमा प्राधिकरणका विज्ञ ओलीको बिदाई

काठमाडाैं । नेपाल बीमा प्राधिकरणका संचालक समितिका बीमा विज्ञ सदस्य कपिल देव ओलीको दोस्रो पटकको चारवर्षे कार्यकाल आजदेखि पूरा हुन लागेको छ ।

त्यस अवसरमा बीमा विज्ञ सदस्य ओलीको विदाई एवम् सम्मानमा साेमबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा विज्ञ सदस्य ओलीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै उपहार तथा सम्झनाको चिनो प्रदान गरे ।

अध्यक्ष सिलवालले प्राधिकरणको संचालक समितिमा बीमा विज्ञ सदस्यका रुपमा रहेर ओलीले पु¥याएको योगदान प्रशंसनीय रहेको बताए  ।

ताजा अपडेट

नेपालवाच विशेष