एलएलबी प्रथम वर्षमा नयाँ भर्नाका लागि प्रवेश परीक्षाको मिति सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट सञ्चालित कानुन संकायअन्तर्गत एलएलबी प्रथम वर्षमा नयाँ भर्नाका लागि लिइने प्रवेश परीक्षाको मिति तोकिएको छ । विश्वविद्यालयले नयाँ वर्ष ०७९ वैशाख चार गते देखि जेठ चार गतेसम्म प्रवेश परीक्षाको फारम वितरण हुने सूचनामार्फत जानकारी गराएको छ ।
उक्त प्रवेश परीक्षा जेठ २१ गते शनिबार हुने विहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने छ । विश्वविद्यालयका अनुसार परीक्षा केन्द्र सम्बन्धित क्याम्पसहरुबाट तोकिएअनुसार हुने छ ।
थप जानकारीको लागि विश्वविद्यालयको वेबसाइट गएर हेर्न सकिने छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया