लोेक सेवा आयोगले विभिन्न पदमा कर्मचारी माग्यो
काठमाडौं । लोक सेवा आयोगले राजपत्र अंकित द्धितीय श्रेणी, खरीदार वा सो अनुरुपको विभिन्न पदमा कर्मचारी माग गरेको छ । आयोगले बुधबार सूचना जारी गदै जेष्ठता र कार्यसम्पादनद्वारा ११ जिल्लाको लागि १८ जना उम्मेदवारका लागि दरखास्त आव्हान गरेको हो ।
आयोगले अमिन, सर्भे, सहायक कम्प्युटर अपरेटर, नायब मौसम बिज्ञानसहित अन्य विभिन्न पदका लागि दरखास्त खुलाएको जनाएको छ । आयोगले उक्त दरखास्त निजामती सेवा ऐन, २०४९ को दफा २४(घ) तथा कर्मचारी ऐन,२०७५ को दफा १४ को उपधारा ४ बमोजिम खुला गरेको हो ।
आयोगका अनुसार उम्मेदवारले जेठ तीनसम्ममा दरखास्त दिन सक्नेछन् । उम्मेदवारले बढुवा समितिको सचिवालयमा दरखास्त दिनुपर्ने छ । थप जानकारीका लागि लोक सेवा आयोेगको वेवसाइट मार्फत हेर्न सकिनेछ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया