लोेक सेवा आयोगले विभिन्न पदमा कर्मचारी माग्यो
काठमाडौं । लोक सेवा आयोगले राजपत्र अंकित द्धितीय श्रेणी, खरीदार वा सो अनुरुपको विभिन्न पदमा कर्मचारी माग गरेको छ । आयोगले बुधबार सूचना जारी गदै जेष्ठता र कार्यसम्पादनद्वारा ११ जिल्लाको लागि १८ जना उम्मेदवारका लागि दरखास्त आव्हान गरेको हो ।
आयोगले अमिन, सर्भे, सहायक कम्प्युटर अपरेटर, नायब मौसम बिज्ञानसहित अन्य विभिन्न पदका लागि दरखास्त खुलाएको जनाएको छ । आयोगले उक्त दरखास्त निजामती सेवा ऐन, २०४९ को दफा २४(घ) तथा कर्मचारी ऐन,२०७५ को दफा १४ को उपधारा ४ बमोजिम खुला गरेको हो ।
आयोगका अनुसार उम्मेदवारले जेठ तीनसम्ममा दरखास्त दिन सक्नेछन् । उम्मेदवारले बढुवा समितिको सचिवालयमा दरखास्त दिनुपर्ने छ । थप जानकारीका लागि लोक सेवा आयोेगको वेवसाइट मार्फत हेर्न सकिनेछ ।
ताजा अपडेट
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी
-
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी स्थानमा आज पानी पर्ने
-
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्


प्रतिक्रिया