एकीकृत समाजवादीले पदाधिकारी टुंग्याउन सकेन, आज निर्वाचन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन प्रक्रियामार्फत आज पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्ने भएको छ । पदाधिकारी तथा पोलिटब्युरो चयनका लागि गरिएको सहमतिको प्रयास विफल भएपछि एकीकृत समाजवादीले निर्वाचनको बाटो रोजेको हो ।
पार्टी केन्द्रीय समिति बैठकले निर्वाचनमार्फत पदाधिकारी तथा पोलिटब्युरो सदस्य चयन गर्ने निचोड निकालेकाले सोहीअनुरूप आज प्रतिस्पर्धा हुन लागेको एकीकृत समाजवादीका एक नेताले बताए ।
एकीकृत समाजवादीले १८ सदस्यीय पदाधिकारीको व्यवस्था गरेकोमा केही समयअघि सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव र ३४४ केन्द्रीय समिति मात्र चयन गरेको थियो ।
सोमबार हुने निर्वाचनमा केन्द्रीय समितिका ३४४ सदस्यले १८ पदाधिकारी र ८४ सदस्यीय पोलिटब्युरो सदस्य चयन गर्नेछ ।
एकीकृत समाजवादीको पदाधिकारीमा धेरैले आकांक्षा देखाएका छन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया