एकीकृत समाजवादीले पदाधिकारी टुंग्याउन सकेन, आज निर्वाचन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन प्रक्रियामार्फत आज पदाधिकारी र पोलिटब्युरो सदस्य चयन गर्ने भएको छ । पदाधिकारी तथा पोलिटब्युरो चयनका लागि गरिएको सहमतिको प्रयास विफल भएपछि एकीकृत समाजवादीले निर्वाचनको बाटो रोजेको हो ।
पार्टी केन्द्रीय समिति बैठकले निर्वाचनमार्फत पदाधिकारी तथा पोलिटब्युरो सदस्य चयन गर्ने निचोड निकालेकाले सोहीअनुरूप आज प्रतिस्पर्धा हुन लागेको एकीकृत समाजवादीका एक नेताले बताए ।
एकीकृत समाजवादीले १८ सदस्यीय पदाधिकारीको व्यवस्था गरेकोमा केही समयअघि सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव र ३४४ केन्द्रीय समिति मात्र चयन गरेको थियो ।
सोमबार हुने निर्वाचनमा केन्द्रीय समितिका ३४४ सदस्यले १८ पदाधिकारी र ८४ सदस्यीय पोलिटब्युरो सदस्य चयन गर्नेछ ।
एकीकृत समाजवादीको पदाधिकारीमा धेरैले आकांक्षा देखाएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया