कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, होला महामन्त्रीद्वयको प्रस्ताव पारित ?
काठमाडौं । कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा प्रस्तुत प्रतिवेदनका कारण ७ भदौमा स्थगित बैठक आज बस्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयले आइतबार दिउँसो ३ बजे केन्द्रीय समिति बैठक बस्न लागेको जानकारी दिँदै महामन्त्रीद्वयका प्रस्तावउपर आज छलफल हुने जनाएको छ ।
थापाले कांग्रेस केन्द्रीय समिति बैठकमा आगामी निर्वाचन कुनै पनि दलसँग गठबन्धन नगरी पार्टीले एक्लै लड्नुपर्ने प्रस्ताव गरेका छन् । शर्माले चाहिँ पार्टी नेतृत्वको कार्यकाल, प्रधानमन्त्री हुने अवधिलगायत प्रस्ताव पेश गरेका छन् ।
कांग्रेस नेताहरूका अनुसार, महामन्त्रीका प्रस्तावमा केही संशोधन गरेर त्यसलाई पारित गर्ने तयारी गरिएको छ ।
महामन्त्रीले उठान गरेका विषयमाथि शीर्ष तहमा सहमति जुट्न बाँकी रहेकाले केन्द्रीय समिति बैठकअघि आजै १ बजे पार्टीका वर्तमान र पूर्व पदाधिकारी बैठक बोलाइएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया