लैनचौर पुगेर देउवाले गरे शहीद स्तम्भमा माल्यार्पण
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीद स्तम्भमा माल्यार्पण गरेका छन् । आइतबार बिहान लैनचौस्थित शहीद स्तम्भमा माल्यार्पण गरेका हुन् ।
काठमाडौं महानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भएर शहीद स्तम्भमा माल्यार्पण गरेका छन् । कार्यक्रममा अन्य राजनीतिक दलका नेता, सरकारी कर्मचारी र सुरक्षाकर्मीको सहभागिता थियो ।
महानगरले शहीद सप्ताह नै मनाएको छ । कोरोना संक्रमणका कारण शहीद दिवसको कार्यक्रम र सप्ताह पनि औपचारिकतामै सिमित भएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया