रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान
रुकुम । रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा रु १५ लाख अनुदान पाएका छन् ।
आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा रु १५ लाख अनुदान पाएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर रु पाँचका दरले अनुदान वितरण गरिएको थियो ।
यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काले जानकारी दिए । फागुनदेखि असारसम्मको अनुदान भने बजेट अभावका कारण वितरण गर्न नसकिएको उनले बताए । करिब चार सय किसानले दूधमा अनुदान पाउन बाँकी रहेको उनले उल्लेख गरे ।
बजेट अभावका कारण किसानका निवेदन कार्यालयमा थन्किएको भन्दै उक्त अनुदान उपलब्ध गराउने सम्भावना नरहेको निमित्त प्रमुख खड्काले बताए । फागुनसम्ममा जिल्लाका चार स्थानीय तहका चार सय ७७ किसानले रु १५ लाख अनुदान पाएका उनले जानकारी दिए ।
खड्काका अनुसार मुसिकोट नगरपालिकाका ५६, त्रिवेणी गाउँपालिकाका तीन सय ३४, सानीभेरी गाउँपालिकाका ७१ र बाँफिकोट गाउँपालिकाका १६ किसानले पाएका छन् ।
कर्णाली प्रदेश सरकारले दूध उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउन दुग्ध उच्पादक किसानलाई लक्षित गरी अनुदान दिने कार्यक्रम सञ्चालन गरेको हो । प्रदेशका सबै जिल्लाका दूध उत्पादक किसानले हरेक वर्ष अनुदान पाइरहेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया