एमाले पोलिटब्यूरो बैठक सुरु
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठक आज दोस्रो दिन पनि सुरु भएको छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक केहीबेर पहिला सुरु भएको हो ।
बैठकमा हिजो पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेकाे पार्टीको वार्षिक कार्ययोजनामाथि पोलिटब्यूरो सदस्यले आआफ्नो सुझाव दिने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनका अनुसार प्रत्येक पोलिटब्यूरो सदस्यलाई सुझाव दिनका लागि तीन मिनेटको समय छुट्टाइएको छ । पोलिटब्यूरो सदस्यले सुझाव दिइसकेपछि कार्ययोजनालाई पारित गरिने छ । बैठकको समापनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया