कांग्रेस नेता धनराज गुरुङमाथि सहकारी ठगीमा अनुसन्धान हुँदै

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानून मन्त्री धनराज गुरुङमाथि पनि सहकारी ठगीमा अनुसन्धान सुरु भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनीमाथि अनुसन्धान अघि बढाएको हो ।
ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्था ठगीको अभियोग उनीमाथि छ । उनकी पत्नी ज्योती गुरुङ सो सहकारीकी उपाध्यक्ष थिइन् । उनी उपाध्यक्ष हुँदा सहकारीको १५ करोड हिनामिना भएको हो । ज्योती हाल विदेशी गइसकेकी छिन् । हाल सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले नै धनराज र ज्योतीविरुद्ध सिआइबीमा उजुरी दिएका छन् ।
ठगी प्रकरणमा आफु पनि मुछिने भएपछि धनराजले कानूनी रुपमा ज्योतीसँग सम्बन्ध बिच्छेद गराइसकेका छन् । ठगीमा धनराजले समेत सघाएको भन्दै उनीविरुद्ध समेत उजुरी परेको हो । सूर्य थापा नेतृत्वको संसदीय बिशेष छानविन समितिमा समेत धनराजविरुद्ध यस विषयमा उजुरी परेको स्रोत बताउँछ ।
यसअघि रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगीको अभियोग लागेको छ । लामिछानेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ तर उनको मिलेमतो देखिने प्रष्ट प्रमाण भने फेला परेको छैन । ग्यालेक्सी टिभीको सञ्चालक हुँदा सहकारीको रकम हिनामिना गरेको अभियोग उनीमाथि छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया