२० लाख मूल्य बराबरको कपडा बरामद
झापा । अवैधरूपमा नेपाल भित्र्याइएको रु २० लाख मूल्य बराबरको कपडासहित दुई वटा सवारी प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित भद्रपुर रोडबाट को१ज २४४० नम्बरको मारुती भ्यान र डब्लूबी ७४ टी १४५५ नम्बरको मारुतीसहित ४१ थान कपडा बरामद गरेको हो ।
भारतीय नम्बर प्लेटको सवारीको प्रज्ञापन–पत्र नभएको र को१झ २४४० नम्बरको सवारीमा कपडा लोड गरेको अवस्थामा प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले बताए ।
वरामद गरेको कपडा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी पठाइएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए । यसअघि जिल्ला प्रहरी कार्यालय झापाले काँकरभिट्टाबाट रु २० लाख मूल्य बराबरको बिस्कुटसहित एउटा कन्टेनर नियन्त्रणमा लिएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया