NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

दलित वडा सदस्यविरुद्ध कांग्रेसको उजुरी, आयोगले गरिदियाे पदमुक्त

काठमाडौं । नेपाली कांग्रेसको उजुरीपछि निर्वाचन आयोगले एक स्थानीय तहकी दलित महिला सदस्यलाई पदमुक्त गरेको छ । आफू निर्वाचित दल त्याग गरेर अर्को दलमा प्रवेश गरेकी  गुल्मीको छत्रकोट गाउँपालिका–५ की दलित महिला सदस्य उर्मिला आचार्य पद भएकी हुन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा कुनै पनि राजनीतिक दलबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले उक्त दल त्यागेको खण्डमा कारबाहीका लागि केन्द्रीय समितिबाट यससम्बन्धी निर्णय लिई उजुरी दिन सकिने व्यवस्था छ । सोही प्रावधानअनुसार आचार्यविरुद्ध कांग्रेसले उजुरी दिएकोमा भदौ २५ गतेको निर्णयबाट आयोगले पदमुक्त गरिदिएको हो ।

राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम २ र ३ बमोजिम उनको पद खाली भएको आयोगले जनाएको छ ।