फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन
काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ । हरेक महिनाको पहिलो हफ्ता चल्ने फूडमान्डु डबल धमाका क्याम्पेन, यस बडा दशैंमा झनै ठुलो हुने कम्पनीले जनाएको छ ।
बडा धमाका क्याम्पेन अन्तर्गत ग्राहकहरुले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
यसबारे बोल्दै फुडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, इनेशा भट्टराईले भनिन्, “हाम्रा ग्राहकहरूका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने हाम्रो लक्ष्य रहेको छ । यसको लागि हामीले फुडमाण्डुमा स्वादिष्ट परिकारहरुका साथसाथै आकर्षक छुटको उपलब्ध गराउने लक्ष्य राखेका छौं । यो बडा धमाका क्याम्पेनले हाम्रा ग्राहकहरुकोे यस चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्नेछ ।”
बडा धमाका क्याम्पेन असोज ३ देखि असोज २३ सम्म चल्नेछ। ग्राहकहरुले अब परिवार र साथीभाईसँग, फुडमाण्डुको एप वा वेबसाइटबाट केही क्लिकमै दशैंको स्वाद आकर्षक मूल्यमा घरमै पाउन सक्नेछन् ।
ताजा अपडेट
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
-
स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
-
विपदबाट बच्न मनसुन अवधिभर सावधानी अपनाउन आग्रह


प्रतिक्रिया