प्रचण्डले स्थगित गरे सर्वदलीय बैठक
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहानका लागि आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरेका छन् ।
अविरल वर्षापछि देशभर आएको बाढी र पहिरोले पु–याएको क्षतिबारे छलफल गर्न सरकारले अग्रसरता नलिएको भन्दै प्रचण्डले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा सर्वदलीय बैठक डाकेका थिए । तर उनीपछि सरकारले पनि सर्वदलीय बैठक आह्वान गरेकाले उनले बैठक स्थगित गरेका हुन् ।
प्रचण्डको सचिवालयका सदस्य रमेश मल्लले सरकारीस्तरबाट सर्वदलीय बैठक आह्वान भएको सन्दर्भमा सोही प्रयोजन निम्ति अर्को बैठक जरुरत नभएकाले स्थगित गरिएको बताए ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको सर्वदलीय बैठक अहिले दिउँसो १ बजे बस्दैछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया