प्रचण्डले स्थगित गरे सर्वदलीय बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहानका लागि आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरेका छन् ।
अविरल वर्षापछि देशभर आएको बाढी र पहिरोले पु–याएको क्षतिबारे छलफल गर्न सरकारले अग्रसरता नलिएको भन्दै प्रचण्डले प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा सर्वदलीय बैठक डाकेका थिए । तर उनीपछि सरकारले पनि सर्वदलीय बैठक आह्वान गरेकाले उनले बैठक स्थगित गरेका हुन् ।
प्रचण्डको सचिवालयका सदस्य रमेश मल्लले सरकारीस्तरबाट सर्वदलीय बैठक आह्वान भएको सन्दर्भमा सोही प्रयोजन निम्ति अर्को बैठक जरुरत नभएकाले स्थगित गरिएको बताए ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको सर्वदलीय बैठक अहिले दिउँसो १ बजे बस्दैछ ।
ताजा अपडेट
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
-
महिला एशियन कप छनोट : नेपालले आज उज्वेकिस्तानसँग खेल्दै
प्रतिक्रिया