ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

तनहुँ । व्यास नगरपालिका-१ गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिदाँ आठ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सविन कुमाल रहेका छन् । ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालकको उचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए । सोही वडास्थित ज्ञानगङ्गा बोडिङ स्कुलमा कक्षा २ मा अध्यनरत रहेका कुमालको टयाक्टरको ठक्करबाट सख्त घाइते भई उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो ।
ट्याक्टर चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।
ताजा अपडेट
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
-
ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड निष्काशन, कसरी दिने आवेदन ?
प्रतिक्रिया