पाँचखाल नगरप्रमुख खरेलद्वारा तीन वर्षको तलबभत्ता राहत कोषमा सहयोग गर्ने
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो तीन वर्षको तलबभत्ता बाढीपीडित राहत कोषमा दिने निर्णय गरेका छन् । उनले कार्यपालिका बैठकबाट तीन वर्षको तलबभत्ताबाट प्राप्त हुने रु १५ लाख बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।
खरेलले सो रकम यहाँका क्षतिग्रस्त स्थानीय तहको राहतकोषमा जम्मा गर्ने निर्णय गरेको बताए । “पाँचखालभन्दा काभ्रेपलाञ्चोकको अन्य तहमा बढी जनधनको क्षति भएको छ, यसकारण मैले व्यक्तिगत रूपमा यस प्रकारको आर्थिक सहयोग गर्ने निर्णयमा पुगेको हुँ”, उनले भने । हालैको बाढीपहिराले काभ्रेपलाञ्चोकमा धेरै जनधनको क्षति भएको छ ।
पछिल्लो विवरणअनुसार बाढीपहिरोमा परी जिल्लामा ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेपलाञ्चोकमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया