NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

दसैंपछिको पहिलो कारोबार दिन ह्वातै बढ्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडाैं । दसैंपछिको पहिलो कारोबार दिन (मंगबार) सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला  १४ सय रुपैयाँले बढेर १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि दसैंअघिको अन्तिम कारोबार दिन सुनको मूल्य १ लाख ५९ हजार १ सय रुपैयाँ थियो ।

सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ९ सय २५ रुपैयाँ पुगेको छ ।

यसअघि दसैंअघिको अन्तिम कारोबार दिन असोज २३ मा चाँदी प्रतितोला एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।