स्याङजाको सुन्तला र पर्यटन प्रवर्द्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने ढकालको प्रतिबद्धता

स्याङजा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्व रूपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रबाह गर्न सकिने बताए ।
उनले भने, “जिल्ला जिल्लाका व्यावसायी साथीहरु लगानीका लागि अबसर खोजिरहनु भएको छ त्यसलाई एकिकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुदैन ।”
अध्यक्ष ढकालले भने, “यतिबेला बैकमा निक्षेप पर्याप्त छ, व्याजदर निकै घटेको छ ।यस्तो बेला नेपालमा नै लगानीको अबसर छ भन्ने सन्देश प्रबाह गर्नुपर्छ ।”
उनले यो डेढ वर्षको अबधिमा लगानी प्रबद्र्धनका लागि देश भित्र र बाहिर आफुहरुले निरन्तर अभियान संञ्चालन गरेको जानकारी गराउदै आफुहरुकै पहलममा सरकारले लगानी मैत्री बातावरण बनाउन ८ वटा कानून शंशोधन गरेको जानकारी गराए ।
नीजि क्षेत्रले उठाउदै आएको मर्यादाक्रमको विषय, कर सम्बन्धी समस्या लगायतका बिषयमा आफुहरु निरन्तर लागिरहेको जानकारी गराए ।
ताजा अपडेट
-
करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
-
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबी सहकार्य
-
टोयोटाको खुद नाफामा ३५ प्रतिशतको गिरावटको प्रक्षेपण
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
कर्णाली प्रदेश : चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै
प्रतिक्रिया