अपि पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडाैं । अपि पावर कम्पनी लिमिटेड (API) को लाभांश सुरक्षित गर्ने आज अर्थात कात्तिक १ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात कात्तिक २ गते बुकक्लोज गर्दैछ।
त्यहीअनुसार कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १९ गते, होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा २१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे शुरु हुनेछ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया