टी–२० आईको पहिलो खेलमा नेपालले निकाल्यो अमेरिकामाथि जित
काठमाडौं । पहिलो टी–२० आई खेलमा नेपालले अमेरिकालाई परास्त गरेको छ । शुक्रबार बिहान ग्राण्डपेरी रंगशालामा सम्पन्न खेलमा नेपालले घरेलु टोली अमेरिकालाई १७ रनले परास्त गरेको हो ।
पहिले ब्याटिङ गरेको नेपालले १६५ रनको लक्ष्य दिएकोमा अमेरिकाले ७ विकेट गुमाएर मात्र १४७ रन जोड्न सक्यो ।
अमेरिकाका लागि शायनले सर्वाधिक ६० रन जोडे । त्यस्तै, आन्द्रेस गौसले ३०, मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो रन जोड्न सकेनन् ।
दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिँदा करण केसी, रिजन ढकाल र गुल्सन झाले समान १–१ विकेट झारे ।
यसअघि टस हारेर पहिले व्याटिङ सम्हालेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनायो ।
आजको खेलमा नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे । उनले १ छक्का र चार चौकाको मद्दतमा ४९ रनको योगफल बनाएका हुन् । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले २८, ओपनर अनिल शाह र आसिफ शेखले समान २७–२७, गुल्सन झाले ११ र कुशल भुर्तेलले १० रनको योगदान दिए । यसबाहेक अन्यले भने दोहोरो रन जोड्न सकेनन् । करण केसी र आशिफ शेख भने शून्य रनमै आउट भए ।
अमेरिकाका हरम्रीत सिंह र सौरभ नेत्रवालकरले समान २–२ विकेट र अली खान तथा नोस्थुस केंजिगेले १÷१ विकेट लिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया