सत्तारुढ दलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ दलको बैठक शुक्रबार पनि बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तारुढ दलको बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले दिउँसो ३ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तापक्ष दलको बैठक आह्वान गरिएको जनाएको छ ।
गत बुधबार संवादमा बसेका सत्ताधारी त्यसको दुई दिनपछि पुनः छलफलमा जुट्न लागेका हुन् ।
छलफलको एजेण्डामा समसामयिक राजनीतिलगायत विषय रहेको बताइएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया