NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २५ गते

तिहारका चारै दिन पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार विशेष मौसम बुलेटिन जारी गर्दै तिहारमा पानी पर्न सक्ने भएकाले सतर्कता अपनाउन भनेको छ ।

बुधबार जारी गरिएको विशेष बुलेटिनअनुसार कात्तिक १५ देखि १८ गते अर्थात् भाइटीकाका दिनसम्म कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना छ। बाँकी स्थानमा भने मौसम मुख्यतया सफा रहने सम्भावना छ।

बुलेटिनमा भनिएको छ– तिहार विशेष मौसम बुलेटिन यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनहरूमा देशका कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने देखिन्छ।
चारै दिन देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।