प्रधानमन्त्री ओलीले दिए ट्रम्पलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल एक्समार्फत उनले अमेरिकाका ४७औं राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति ट्रमको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने आशा व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया