एमाले सचिवालय बैठक सुरु
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालय सुरु भएको छ ।
आज बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्रको प्रभावकारिता, स्थानीय तहमा रिक्त विभिन्न पदका लागि आगामी महिना हुने उपनिर्वाचन, पार्टीको आन्तरिक व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया