११ अंकले घट्यो नेप्से, ७ अर्बको कारोबार
काठमाडाैं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ११ अंकको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ११.२४ अंकले घटेर २७४८.९६ विन्दुमा झरेको छ ।
मंगलबार ३१२ कम्पनीको ८२ हजार ५७० पटकको कारोबारमा एक करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रूपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये तीन उपसमूह बढेको छ भने बाँकी घटेका छन् । वित्त, निर्जीवन बीमा कम्पनी र व्यापार क्रमश : १.१२, ०.१३ र ०.३५ प्रतिशतले बढेको छ ।
आज गुरास लघुवित्त, मेन्छ्योम हाइड्रोपावर, बेस्ट फाइनान्सको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमको आधारमा गुडविल फाइनान्स लिमिटेडको सर्वाधिक २९ करोड २८ लाख ६१ हजार रूपैयाँको कारोबार भएको छ । दोस्रोमा बेस्ट फाइनान्स कम्पनीको २९ करोड २५ लाख ६९ हजार चार सय रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया