सानिमा माइ हाइड्रोपावरको नाफा घट्यो
काठमाडाैं । सानिमा माइ हाइड्रोपावर लिमिटेड (SHPC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विवरणअनुसार सो कम्पनीको खुद नाफा गत वर्षको तुलनामा घटेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीले २० करोड २० लाख रूपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले गत वर्षको सोही अवधिमा २५ करोड २८ लाख रूपैयाँ नाफा कमाएको थियो ।
नाफासँगै कम्पनीको इपिएस पनि घटेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको ईपीएस ८ रुपैयाँ ९४ पैसा छ । गत आवको सोही अवधिमा कम्पनीको इपिएस ८ रूपैयाँ १८ पैसा थियो ।
पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ ३ पैसा रहेको छ ।
ताजा अपडेट
-
भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय
-
भोटेकोशी बाढी : १ हजार ३४४ शव फेला, ८९८ जना अझै सम्पर्कविहीन
-
पहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित
-
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द
-
हेटौँडा–काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी


प्रतिक्रिया