फोहर वर्गीकरण नगरे पाँच सय जरिवाना

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ । वर्गीकरण नगरिएका फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारवाहीस्वरुप प्रतिव्यक्ति ५०० रूपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ ।
कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले सोहीअनुरुप व्यवस्थापन गर्नुपर्ने हुन्छ । कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ ९थ० तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ ९थ० अनुसार कसुर मानी सजाय गर्ने पनि कामपाले जनाएको छ ।
पछिल्लो समय कामपालगायत काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै आएको र नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समयसमयमा अवरोध गर्दा गत फागुन महिनामा १९ र चैत मा १२ दिन उपत्यकाको फोहर सडकमा नै थुप्रिएको थियो ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया