ज्येष्ठ तथा द्वन्द्वपीडित पत्रकारलाई मासिक वृत्ति, आवेदन मागियो
काठमाडौं । ज्येष्ठ पत्रकार वृत्तिका लागि सरकारले आवेदन माग गरेको छ । सूचना तथा प्रसारण विभागले पत्रकार वृत्तिकोष तथा सञ्चालन निर्देशिका, २०७५ तथा पत्रकार वृत्तिकोष सञ्चालन मापदण्ड, २०७८ अनुसार आवेदन माग गरेको हो ।
आवेदनसँगै ३० वर्षसम्म निरन्तर पत्रकारिता गरेको पुष्टि हुने लगायत कागजात पेश गर्नुपर्नेछ ।
त्यसैगरी, द्वन्द्वपीडित पत्रकार र द्वन्द्वमा परी मृत्यु भएका पत्रकारका परिवारका सदस्यलाई पनि मासिक वृत्तिका लागि आवेदन दिन भनिएको छ । तर उनीहरूले यस्तो वृत्ति प्राप्त गर्न द्वन्द्वपीडित भएको खुल्ने कागजपत्र पेश गर्नुपर्नेछ ।
आगामी ४० दिन अर्थात् ०८१ पुस १६ गतेसम्म सूचना तथा प्रसारण विभागमा लिखित तथा अनलाइन दुवै माध्यमबाट आवेदन दिन सकिनेछ ।
आवेदन स्वीकृत भएका व्यक्तिलाई सरकारले मासिक रूपमा वृत्ति उपलब्ध गराउनेछ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन



प्रतिक्रिया