मंसिर २० गतेदेखि मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
काठमाडौं । मुक्तिनाथ क्यापिटलले यही मंसिर २० गतेदेखि म्युचुअल फन्ड योजना बिक्री गर्ने भएको छ । क्यापिटलले मुक्तिनाथ म्युचुअल फन्ड अन्तर्गत ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ को १० करोड इकाई बिक्री गर्न लागेको हो ।
कुल योजनाको आकारमध्ये १५ करोड रुपैयाँ बराबरको इकाई मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्ने सक्नेछन् । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन हुने क्यापिटलले जनाएको छ ।
यसमा लगानीकर्ताले न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । आवेदन मंसिर २० गतेदेखि २४ गतेसम्म दिन सकिनेछ ।
आवेदन मेरो सेयर, सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिने छ ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया