मंसिर २० गतेदेखि मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै

काठमाडौं । मुक्तिनाथ क्यापिटलले यही मंसिर २० गतेदेखि म्युचुअल फन्ड योजना बिक्री गर्ने भएको छ । क्यापिटलले मुक्तिनाथ म्युचुअल फन्ड अन्तर्गत ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ को १० करोड इकाई बिक्री गर्न लागेको हो ।
कुल योजनाको आकारमध्ये १५ करोड रुपैयाँ बराबरको इकाई मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्ने सक्नेछन् । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन हुने क्यापिटलले जनाएको छ ।
यसमा लगानीकर्ताले न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । आवेदन मंसिर २० गतेदेखि २४ गतेसम्म दिन सकिनेछ ।
आवेदन मेरो सेयर, सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिने छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया