उपनिर्वाचनको मौन अवधि सुरु
काठमाडौं । आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि सुरु भएको छ ।
मतदानको ४८ घण्टा अघिबाट चुनावी प्रचारप्रसार गर्न नपाइने कानूनी व्यवस्था छ । सोही प्रावधानअनुसार बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो ।
निर्वाचन आयोगले गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको जनाउँदै भर्चुअल तथा भौतिक दुवै माध्यमबाट मत माग्ने र प्रभावित गर्ने कार्य गर्न नपाइने जनाएको छ ।
चुनावी विश्लेषणको सामग्री प्रकाशन तथा प्रसारणमा पनि निर्वाचन आयोगले रोक लगाएको छ ।
कसैले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेमा मुख्य निर्वाचन निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले सबैमा अनुरोध गरेको छ ।
३३ जिल्लाको ४४ स्थानीय तहको रिक्त पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक मेयर, एक उपमेयर, गाउँपालिका अध्यक्ष २, ४ उपाध्यक्ष र ३४ वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया