कृषि अनुसन्धान गर्न कृषि विश्वविद्यालय र एडब्लुओ इन्टरनेशनलबीच सहकार्य

चितवन । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि सङ्काय र जर्मनको सामाजिक संस्था एडब्लुओ इन्टरनेशनलबीच अनुसन्धान र विकास कार्यक्रममा साझेदारी गर्ने सम्झौता भएको छ ।
सहमतिमा कृषि सङ्कायका डिन प्राडा.अर्जुनकुमार श्रेष्ठ र एडब्लुओका दक्षिण एशियाका क्षेत्रीय प्रमुख डा.सुरेन्द्र गौतमले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार यहाँका विद्यार्थी र प्राध्यापकको अनुसन्धानमा सो संस्थाले सहयोग गर्ने भएको छ । डिन प्राडा श्रेष्ठका अनुसार राष्ट्रिय, अन्तर्राष्ट्रिय वैज्ञानिक गोष्ठी सम्मेलनमा दुई संस्थाकाबीचमा साझेदारी गर्ने सहमति भएको छ । विश्वविद्यालयलाई अनुसन्धान र विकासका काममा यो सम्झौतासँगै थप उचाइमा लैजान सहयोग पुग्ने उनको भनाइ छ ।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया