माओवादीले खोस्यो कांग्रेसले जितेको गाउँपालिका
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचनमा गाउँपालिका अध्यक्षमा जित निकालेको छ । उपनिर्वाचनमा गाउँपालिका अध्यक्षमा माओवादीले पहिलो जित हासिल गरेको हो । यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा त्यहाँ कांग्रेस विजयी हुँदा माओवादी तेस्रो बनेको थियो ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी बनेका हुन् ।
नेपाली कांग्रेसका बलराम थारू सरदारलाई परास्त गर्दै माझी गाउँपालिका अध्यक्षमा विजयी बनेका हुन् । माझीले ६ हजार ९६९ मतका साथ जित दर्ता गराउँदा कांग्रेसका सरदार ५ हजार ३३३ मतमा रोकिए ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार थन्दारले ५५५ र राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार विश्वास खवासले ३७५ मत हासिल गरे ।
ग्रामथानमा २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार थारू विजयी भएका थिए ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया