प्रधानमन्त्री ओली चीनबाट नेपाल प्रस्थान, उपपरराष्ट्रमन्त्रीले गरे बिदाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट बिदा भएर नेपाल प्रस्थान गरेका छन् ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा सोमबार चीनको चारदिने औपचारिक भ्रमणका निस्किएका ओली बिहीबार बिहान नेपाल प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बिदाइ गरे । ओली बिहीबार बिहान २ बजे नेपाल आइपुग्ने बताइएको छ ।
आफ्नो पहिलो द्विपक्षीय विदेश भ्रमणका लागि चीन रोजेका ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, चिनियाँ समकक्षी ली छ्याङलगायतसँग भेटवार्ता गरेका थिए ।
भ्रमणका दौरानमा बिआरआईको फ्रेमवर्कमा पनि नेपाल र चीनबीच सम्झौता भएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया