अमेरिकाको विद्यालयमा गोलीकाण्ड, २ जनाको मृत्यु
काठमाडौं (एजेन्सी) । अमेरिकाको म्याडिसनस्थित एक विद्यालयमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
सोमबार भएको उक्त घटनामा आक्रमणकारीको मृत्यु भए पनि त्यसरी गोली चलाउनुको कारणबारे केही खुलेको छैन ।
बिबिसीका अनुसार प्रहरीले घटनाका पीडित र आक्रमणकारीबारे केही बताएको छैन ।
बीबीसीसँग सम्बद्ध सीबीएस न्यूज र अन्य मिडिया रिपोर्टहरूमा भने आक्रमणकारी महिला भएको बताइएको छ ।
म्याडिसनका प्रहरी प्रमुख शान बर्न्सले घटनास्थलमा अफिसरहरूले एउटा ह्यान्डगन बरामद गरेको बताए।
अधिकारीहरूले घटनाका प्रत्यक्षदर्शीहरूलाई आफूले देखेका सबै कुराको जानकारी प्रहरीलाई दिन अपिल गरेका छन्।
अमेरिकाका नागरिकलाई बन्दुक राख्न पाउने अधिकार दिइए पनि त्यसको दुरूपयोग हुँदै आएको छ । बन्दुक आक्रमण बढेपछि यसमाथि बहस चले पनि यस्ता घटना न्यूनीकरण हुन सकेका छैनन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया