आफ्नो फार्मलाई अनुदान दिलाउने गाउँपालिकाका पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाका पूर्वअध्यक्ष कृष्ण रोकाया भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजबहादुर सिंह राई र रामबहादुर थापाको इजलासले रोकायालाई मंगलबार भ्रष्टाचारी ठहर गर्दै २ वर्ष जेल सजाय सुनाएको हो । साथै ९ लाख ७५ हजार रूपैयाँ असुल्न र त्यति नै जरिवाना गर्न पनि फैसला गरेको छ ।
विशेष अदालतले आफ्नो फैसलामा पूर्वउपाध्यक्ष रोकायाले परिवारका सदस्यका नाममा कृषि फार्म स्थापना गरी भ्रष्टाचार गरेको ठहर गरेको छ ।
गाउँपालिका अध्यक्ष रहेका बेला रोकायाले कोइलिङ पशुपालन उपभोक्ता समिति गठन गरी दाइ हंश रोकायालाई अध्यक्ष र पत्नी सेतु रोकायलाई कोषाध्यक्ष बनाएर अनुदान रकम लिएका थिए । विशेषले स्वार्थ बाझिनेगरी रोकायाले सुनियोजित रूपमा आफ्नो फार्मलाई अनुदान दिलाएको ठहर गरेको छ ।
आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ मा रोकायाले आफ्नो फार्मलाई अनुदान दिलाएर रकम दुरूपयोग गरेको देखिएपछि अख्तियारले गत असार २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । स्वार्थ बाझिने गरी काम गरेको विषयलाई अदालतले पहिलो पटक भ्रष्टाचार ठहर गरेको हो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया