NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

१८ उपसचिव र ५७ शाखा अधिकृतको बढुवा

काठमाडौं । सरकारले १८ उपसचिव र ५७ शाखा अधिकृतको बढुवा सिफारिस गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बढुवा सिफारिस समितिको सचिवालयले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उपसचिव र शाखा अधिकृतको बढुवा सिफारिस गरेको हो ।

सहसचिवमा प्रेमप्रसाद लुइँटेल, रामदत्त पाण्डे, लक्ष्मण ढकाल, विनीता भट्टराई, दिलकुमार तामाङ, लक्ष्मी पाण्डेलगायतको बढुवा सिफारिस भएको छ ।

त्यस्तै, उपसचिवमा कमलप्रसाद आचार्य, मोहनचन्द्र जोशी, झविलाल भट्टराई, हरिप्रसाद अधिकारीलगायत ५७ जनालाई बढुवा गर्न सचिवालयले सिफारिस गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष