क्यानडाका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा दिएका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गरेर उनले राजीनामाको घोषणा गरेका हुन् ।
ट्रुडोले दलको नेताबाट राजीनामा दिएको घोषणा गर्दै पार्टीबाट अर्को नेता चयन नहुँदासम्मका लागि सरकारको नेतृत्वमा रहने बताए ।
उनले आफू एउटा योद्धा भएको बताए । प्रधानमन्त्री भएदेखि नै जनताको अनवरत सेवा गरेको उनको भनाइ छ ।
सन् २०१५ मा प्रधानमन्त्री बनेका ट्रुडोको लोकप्रियता पछिल्लो समय खस्कँदै गएको थियो । यही कारण उनले कार्यकाल बाँकी छँदै पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया