क्यानडाका प्रधानमन्त्रीले दिए पदबाट राजीनामा
काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा दिएका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गरेर उनले राजीनामाको घोषणा गरेका हुन् ।
ट्रुडोले दलको नेताबाट राजीनामा दिएको घोषणा गर्दै पार्टीबाट अर्को नेता चयन नहुँदासम्मका लागि सरकारको नेतृत्वमा रहने बताए ।
उनले आफू एउटा योद्धा भएको बताए । प्रधानमन्त्री भएदेखि नै जनताको अनवरत सेवा गरेको उनको भनाइ छ ।
सन् २०१५ मा प्रधानमन्त्री बनेका ट्रुडोको लोकप्रियता पछिल्लो समय खस्कँदै गएको थियो । यही कारण उनले कार्यकाल बाँकी छँदै पदबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया