विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतवादी श्यामकिशोर रायसमेत रहेको भ्रष्टचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विशेष अदालतले सर्लाहीको कविलासी नगरपालिका–८ स्थित अधुरो अवस्थामा रहेको रामजानकी मन्दिर निर्माणका सम्बन्धमा सरकारी स्रोतको पैसा दुरुपयोग भएको सन्दर्भमा आयोगको निर्णय कानुनसम्मत नभएको फैसला सुनाएको थियो ।
उक्त फैसलामाथि चित्त नबुझेको भन्दै आयोगले सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
यस्तै प्रतिवादी सचिनकुमार भदैसवार रहेको भ्रष्टाचार मुद्दामा पनि विशेष अदालतले गरेको फैसलामा चित्त नबुझाई आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेषले भदैसवारको मुद्दामा २०८० चैत २५ गते फैसला गरेको थियो ।
विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै आयोगले पछिल्ला दिनमा नियमित सर्वोच्चमा पुनरावेदन गर्दै आएको छ ।
सोमबारमात्रै आयोगले विशेषले गरेको तीन वटा फैसलाविरुद्ध पुनरावेदन गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया