ट्रम्पले बर्खास्त गरे आफ्नो अनुसन्धानमा संलग्न १२ अधिकारी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्ध लागेका अभियोगको अनुसन्धानमा संलग्न १२ अधिकारीहरूलाई बर्खास्त गरेका छन् । विगतमा आफ्नो अनुसन्धानमा संलग्न न्याय विभागका १२ अधिकारीलाई ट्रम्प प्रशासनले बर्खास्त गरेको हो ।
सीबीएस न्युजले न्याय विभागका एक अधिकारीलाई उद्धृत गर्दै कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले यी अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको जनाएको छ ।
ट्रम्प प्रशासन यी अधिकारीहरू आफ्नो एजेन्डा कार्यान्वयनमा इमानदारितापूर्वक लाग्नेमा आश्वस्त थिएन । यही कारण उनीहरूलाई बर्खास्त गरिएको अधिकारीहरूले जनाएका छन् ।
बर्खास्तगीमा पर्नेहरूमा विशेष वकिल ज्याक स्मिथको टिममा आबद्धहरू रहेका छन् । उनीहरूले सन् २०२० भएको राष्ट्रपति निर्वाचनको नतिजा उल्ट्याउन ट्रम्पले गरेको प्रयासको अनुसन्धान गरेका थिए ।
यसैबीच, ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरेका छन् । सेनामा ट्रान्सजेन्डरहरूको भर्ती, कोभिड खोप लिन अस्वीकार गर्ने सैनिकहरूको पुनर्बहाली लगायत आदेशमा ट्रम्पले हस्ताक्षर गर्ने तयारी गरेका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया