विशेष अदालतबाट दुई कर्मचारी भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतबाट दुई कर्मचारी भ्रष्टाचारी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई भ्रष्टाचारी ठहर गरेको हो । उनीहरूलाई क्रमशः दुई महिना र एक महिना जेल सजाय सुनाइएको छ ।
मिश्र र पाण्डेलाई सेवाग्राहीसँग लिएको घुससहित रंगेहात पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा उनीहरूले सेवाग्राहीसँग घुस रकम मागेको अडियो र भिडियोसमेत फेला परेको थियो । अदालतले आफ्नो आदेशमा त्यसैबाट उनीहरूले भ्रष्टाचार गरेको पुष्टि हुने उल्लेख गरेको छ ।
ताजा अपडेट
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
प्रतिक्रिया