विशेष अदालतबाट दुई कर्मचारी भ्रष्टाचारी ठहर
काठमाडौं । विशेष अदालतबाट दुई कर्मचारी भ्रष्टाचारी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई भ्रष्टाचारी ठहर गरेको हो । उनीहरूलाई क्रमशः दुई महिना र एक महिना जेल सजाय सुनाइएको छ ।
मिश्र र पाण्डेलाई सेवाग्राहीसँग लिएको घुससहित रंगेहात पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा उनीहरूले सेवाग्राहीसँग घुस रकम मागेको अडियो र भिडियोसमेत फेला परेको थियो । अदालतले आफ्नो आदेशमा त्यसैबाट उनीहरूले भ्रष्टाचार गरेको पुष्टि हुने उल्लेख गरेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया