रामहरि खतिवडालाई समय सकिएपछि पनि बोल्न दिएपछि संसद अवरोध
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई आकस्मिक र शून्य समय सकिएपछि पनि बोल्न दिएपछि प्रतिपक्षले विरोध गरेको छ ।
प्रतिपक्ष माओवादी केन्द्र र रास्वपाले खतिवडालाई कुन प्रक्रिया अनुसार बोल्न दिइयो भनेर प्रश्न गरेपछि बैठक अवरुद्ध भयो । सांसदहरुले बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
यसबारे स्पष्टिकरण दिँदै सभामुख घिमिरेले यस्तो अवस्थामा के गर्नुपर्छ भन्ने विषयमा अध्ययन गर्न सचिवालयलाई आदेश दिइसकेको बताए । सचिवालयले धारणा दिइसकेपछि अगाडि बढ्न सकिने आश्वासन दिएपनि प्रतिपक्षले विरोध गरेपछि बैठक स्थगित भएको हो ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया