NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

बैंक डुब्दा निक्षेपकर्ताको पैसा के हुुन्छ ?

काठमाडौं । गत पुस १० मा कर्णाली विकास बैंकलाई समस्याग्रस्त संस्था घोषण गर्दै नेपाल राष्ट्र बैंकले सूचना निकाल्यो र बैंकको व्यवस्थापनको जिम्मा लियो ।

कर्णाली विकास बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेको सूचनामा उल्लेख थियो ।

यसका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारीसमेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरको राष्ट्र बैंकले जनायो ।

यसअघि पनि बैंकहरुमा समस्या आएको भन्ने हल्ला नचलेको भने होइन । राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि सामाजिक सञ्जालमा अन्य बैंक तथा वित्तीय संस्थाको अवस्था पनि नाजुक रहेको हल्ला चल्यो । यसले गर्दा बैंकमा निक्षेप जम्मा गरेका सर्वसाधारण क्रसित बने र धेरै निक्षेपकर्ताले बैंकबाट आफ्नो पैसा निकाले । यस्ता बजार हल्लाले सर्वसाधारणको बैंकप्रतिको विश्वास कम हुँदै जाने नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक रामु पौडेल बताउँछन् ।

नेपालवाचको टेलिभिजन प्रस्तुति कार्यक्रम ‘कुरा पैसाको’ मा पौडेलले पछिल्लो समय कर्णली विकास बैंकसँग जोडेर बैंक तथा वित्तिय संस्थाहरुमा प्रति विश्वासमा कमी आएको र बजार हल्लाले निक्षेपकर्तामा अन्योलता आएको औंल्याए । कार्यक्रममार्फत उनले यस्ता हल्लाको पछाडि नलाग्नसमेत निक्षेपकर्तालाई आग्रह गरे । ‘कुनै पनि बैंक तथा वित्तीय संस्थाको नियम राष्ट्र बैंकले गर्दछ । अहिले सामाजिक सञ्जालमा जसरी भ्रम झरिएका छन् त्यो सत्य हुँदैन’ उनले भने, ‘बैंकहरुको सन्दर्भमा सत्य सूचना राष्ट्र बैंकले मात्र सार्वजनिक गर्छ । जबसम्म राष्ट्र बैंकबाट आधिकारिक सूचना बाहिर आउँदैन निक्षेपकर्ता आत्तिनु पर्दैन ।’

कत्तिको सुरक्षित छन् बैंक ?

पौडेलले अहिलेको अवस्थामा सबै बैंकको आर्थिक अवस्था बलियो भएको हुँदा ढुक्क भएर बैंकमा कारोबार गर्न सकिने कार्यक्रममा बताए । उनले निक्षेपकर्ताको निक्षेप सुरक्षित रहेको र राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको प्रभावकारी नियमन र निरीक्षणको गर्दै आएको सुनाए ।

कर्णली विकास बैंकको अवस्था विगतदेखि नै कमजोर रहेको थियो बैंकलाई पटक पटक राष्ट्र बैकले वित्तीय अवस्था सुुर्धान निर्देशनसमेत दिदै आएको हुँदा पनि बैंकको आर्थिक स्थितीमा कुनै सुधार नआएकाले बैंकलाई समस्याग्रस्त घोषणा गरिएको पौडेलले कार्यक्रममा बताए ।

‘बैंक तथा वित्तिय संस्थाको परिसुुचक अहिलेको अवस्थामा सबल छन् । जब सम्म राष्ट्र बैंक छ निक्षेपकर्ताको पैसा डुब्दैन्,’ उनले भने ।

(कुरा पैसाको नयाँ अंकमा राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक रामु पौडेलसँग बैंक डुुब्ने सम्भावना र यथार्थ, राष्ट्र बैंकले बैंकमाथि गर्ने नियमन, निक्षेपकर्ताको रकमको सुुरक्षालगायत विषयमा केन्द्रित रहेर कुुराकानी गरिएको छ ।)

 

ताजा अपडेट

नेपालवाच विशेष