NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

साढे तीन किलो सुनसहित विमानस्थलबाट चार जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट तीन किलो ४७५ ग्राम सुनसहित चार विदेशी नागरिक पक्राउ परेका छन् ।

गएराति फ्लाई दुवईको उडानमार्फत त्रिभुवन विमानस्थल उत्रिएका उज्वेकिस्तानका चार नागरिकलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् ।

पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुसअनोभ छन् ।

मलद्वारमा लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष