NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

काठमाडौं विश्वकै प्रदूषित सहर

काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा परेको छ । विश्वभरको वायुको गुणस्तर मापन गर्दै आइरहेको आईक्युएअर वेबसाइटको पहिलो नम्बरमा काठमाडौं सहर परेको हो ।

आइक्युएअरका अनुसार, काठमाडौंको प्रदूषणको मात्रा २१४ एक्युआई छ । जुन विश्वका अन्य सहरहरूको भन्दा बढी हो ।

प्रदूषणको मात्रा २०० एक्युआईभन्दा माथि हुनुलाई बसोबासका लागि अयोग्य र अस्वस्थकर मानिन्छ ।

त्यसैगरी, प्रदूषित सहरको दोस्रो नम्बरमा भियतनामको हानोई, तेस्रो नम्बरमा पाकिस्तानको लाहोर, चौथोमा बंगलादेशको ढाका र पाँचौंमा सेनेगलको डकार छन् । चीनको सांघाई छैटौं प्रदूषित सहरको सूचीमा छ । भारतका दुई ठूला सहर कोलकता र मुम्बई क्रमशः सातौं र आठौं नम्बरमा छन् । चीनको राजधानी बेइजिङ नवौं नम्बरमा पर्दा अफगानिस्तानको काबुल १०औं नम्बरमा छ ।

प्रदूषित सहरको सूचीमा परे पनि यी सबैको एक्युआई २०० भन्दा मुनि छ ।

ताजा अपडेट

नेपालवाच विशेष