भूमि अध्यादेशबारे जसपाले आज अन्तरक्रिया गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज भूमि सम्बन्धी अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्न लागेको छ।
नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्क्वेटको मैत्री हलमा दिउँसो १ बजेदेखि विभिन्न पार्टीका शीर्ष नेता र विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम गर्न लागिएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
अन्तरक्रियामा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, सामाजिक लोकतान्त्रिक पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, डा. उमाशंकर प्रसादलगायतले आफ्नो धारणा राख्ने सो पार्टीले जनाएको छ ।
यसैबीच, जसपा नेपालले आइतबार केन्द्रीय समितिको बैठकसमेत बोलाएको छ । बैठकमा सरकारले प्रस्तुत गरेका अध्यादेशबारे छलफलसमेत हुने बताइएको छ ।
प्रतिक्रिया